logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

युएन मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो


  • पत्रपत्रिका
  • बुधबार, असोज १ २०७६

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ ।

तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ ।

शान्ति मिसनमा सहभागी फौजका सबै दर्जाको मासिक भत्ता समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता वृद्धि भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार