राजनीति
सत्तारूढ दल नेकपा निकट अनेरास्ववियु ले आन्दोलनरत चितवन मेडिकल कलेजका बिधार्थीकाे माग तथा आन्दोलनमा ऎक्यवद्धता जनाएको छ।
अनेरास्ववियु संयाेजक ऐन महरले आज साझ एक प्रेस बिज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा मा देखिएकाे बिकृती बिरुद्ध चितवन मेडिकल कलेज का बिधार्थीले गरेकाे आन्दोलन मेडिकल माफिया बिरुद्ध भएकाे भन्दै मेडिकल माफिया बिरुद्ध अनेरास्ववियु निरन्तर संघर्षमा रहेकाे बताएका छन् ।
संयाेजक महरले बिधार्थीले उठायका जायज माग तत्काल सम्बाेधन गर्न र समस्या हल गर्न सरकार तथा सराेकारवाला निकायसग माग गरेका छन् ।
उनले सरकारले ताेकेकाे भन्दा बढी शुल्क लिने तथा ताेकियकाे मापदण्ड पुुुुरा नगर्ने कलेज हरुलाई तत्काल छानबिन गरि कार्वााही गर्न पनि माग गरेका छन्
सिएमसीमा नेत्रबिक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दको नेतृत्वमा संघर्ष चलिरहेको छ ।
हेर्नुस् बिज्ञप्ती