logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

धनगढीकाे वडा कार्यालयमा आगजनी


  • राजनीति
  • बिहिबार, असोज २ २०७६

धनगढी उप–महानगरपालिका वडा नम्वर ८ को वडा कार्यालयमा बुधबार राती करिव १० बजेको समयमा अज्ञात समूहले आगजनी गरेको छ । झ्यालको शिशा फुटाएर पेट्रोलको बोत्तल फालेर आगजनी गरिएको वडा अध्यक्ष नारायण बरालले बताए ।

आगो कसले र किन लगायो भन्ने बारे अनुसन्धान भइरहेको र क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार