logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पेस्तोलको गोली र लागूऔषध सहित जिल्ला प्रशासन कार्यालयका कर्मचारी पक्राउ


  • राजनीति
  • आइतबार, माघ १४ २०७४

लहान । जिल्ला प्रशासन कार्यालय सिरहाका कम्प्युटर अपरेटर सहित दुई जना पेस्तोलमा लाग्ने गोली र लागूऔषधसहित पक्राउ परेका छन् ।

कर्जन्हा निवासी सरोज कुमार पासवान र कल्याणपुर निवासी शितल झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पासवान जिल्ला प्रशासन कार्यालय सिरहामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् । झाले भने सिरहामा रेडियो सञ्चालनको तयारी गरिरहेका थिए ।

दुबै जनाको साथबाट कटुवा पेस्तोलमा लाग्ने दुई थान गोली र ९८ थान नाइट्रोजन लगायतका लागूऔषध ट्याबलेट बरामद गरिएको डिएसपी गजुसिधी बज्राचार्यले जानकारी दिए । दुबैजनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार