राजनीति
आज असोज ३ गते आर्थात संविधान दिवस । संविधान सभाबाट नेपालको संविधान २०७२ घोषणा भएको आज दुई वर्ष पूरा भएको छ। यसै अवसरमा आज राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, प्रमुख राजनीतिक दलका शीर्ष नेता, संवैधानिक नियोगका प्रमुख, सांसदहरु, उद्योगी, व्यवसायी, यहाँस्थित कूट्नीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, नेपाल सरकारका वरिष्ठ अधिकारी तथा सञ्चारकर्मीको सहभागिता रहनेछ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। आज संविधान दिवश मनाउनका लागि सरकारले सार्वजनिक विदा समेत दिएको छ।
दुईवटा संविधानसभाको चुनावपछि संविधान सभाका ९० प्रतिशत भन्दा धेरै सभासदको हस्ताक्षरमा २०७२ असोज ३ गते नयाँ संविधान जारी भएको थियो।