logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

दशैंमा सिङमा हरियो लगाएको खसी किन्नुस् है !


  • पत्रपत्रिका
  • शुक्रबार, असोज ३ २०७६

दशैं त आउनै लाग्यो, कस्तो खसी–बोका किन्दै हुनुहुन्छ ? सिङमा रातो लगाएको कि हरियो लगाएको ? किन्ने नै भए सिङमा हरियो लगाएको किन्नुस् है।

किनकि काठमाडौं महानगरपालिका (कामपा) ले यस्तै खसी–बोका किन्न आग्रह गरेको छ। चाडबाडको मुखमा बिरामी खसी–बोका बिक्री हुन सक्ने आशंका गर्दै कामपाले यसको परीक्षण शुरू गर्ने योजना बनाएकाले सिङमा हरियो लगाएको खसी–बोका स्वस्थ हुने हुँदा यस्तै किन्न अनुरोध गरेको हो।

कामपा कृषि विभाग प्रमुख हरि भण्डारीका अनुसार कृषि मन्त्रालय, पशु चिकित्सक, महानगरपालिका प्रहरी, नेपाल प्रहरीसहितका सरोकारवाला निकायको सहयोगमा घटस्थापनादेखि नवमीसम्म टुकुचा, कलंकी, तीनकुने, बालाजुलगायतका बिक्रीस्थलमा परीक्षण गरिनेछ।

‘स्वास्थ्य परीक्षण गरेपछि स्वस्थ खसी–बोकाको सिङमा हरियो र बिरामीको भने।

भण्डारीले खसी–बोका व्यवस्थापन समिति, व्यापारी र सरोकारवालासँग छलफल गरी व्यापारलाई व्यवस्थित गर्ने तयारी गरिएको जानकारी दिँदै भने– ‘बिक्रीस्थलमा अस्वस्थ देखिएको खसी–बोकालाई तत्काल प्राथमिक उपचार गरिनेछ। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार