राजनीति
युवाको माझमा लोकप्रिय बनेका युवा समाजसेवी हरी ढकाल संविधान दिवसको अबसरमा राष्ट्रपतिबाट “समाजसेवि रत्न पुरस्कार”बाट सम्मानित भएकाछन।
स्याङ्जा स्थायी घर भएका ढकाल लामो समय देखी समाजसेवामा लागिपरेका युवा हुन । मुलुकको क्रान्तिकारी बिद्यार्थी आन्दोलन बाट उदाय ढकाल पछिल्लो समय दलगत राजनीति भन्दा सामाजिक अभियान्ताको रुपमा स्थापित छन ।
काठमाडौको सरस्वती क्याम्पसका स्वबियु सदस्य भएर बिद्यार्थी माझ लोकप्रिय छबी बनाएका ढकाल स्याङ्जाली समाजमा मात्र नभएर राजधानी काठमाडौ समेत स्थापित युवा समाजसेवी हुन । ढकालले मुख्यत शिक्षा क्षेत्र बाट समाजको मुहार फेर्न सकिन्छ भन्ने मुल ध्यय सहित अगाडी बढेका युवा हुन ।
यो पनि पढ्नुहोस,
पछिल्लो समय चितवन तातेको बिषय सिएमसीको शुल्क बारेमा त्रिभुवन विश्वविद्यालयले मुख खोलेको छ । त्रिभुवन बिश्वबिद्धालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।
त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरुसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन् ।
त्रिविविले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ ।
“विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ । विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशीलस्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रिपरिषद्को गत साल असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो ।
एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरिएको थियो ।