कास्की – जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका छन् ।५५ वर्ष माथिको एकलतफर्प भारतिय खेलाडी एसएन बसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले विजयी यात्रा शुरु गरेका हुन् ।
च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को नतिजा निकाले । त्यसैगरी अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी बिकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे ।
३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी अर्को खेलमा पोखराका युवा खेलाडी बिकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा पराजित गरे ।