logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

आजबाट दशैंकाे लागि टिकट बुकिङ खुल्लाा कहाँ कहाँ पाइन्छ टिकट ?


  • पत्रपत्रिका
  • आइतबार, असोज ५ २०७६

दसैं, तिहारमा राजधानीबाट बाहिरिने यात्रुका लागि सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ ।

दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।

गत भदै २६ गते यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महासंघसँग भएको सहमतिअनुसार बुकिङ खोलिएको हो ।

महासंघकाअनुसार काठमाडौंमा कोटेश्वर, चाबहिल, गौशाला, पुरानो बसपार्क, नयाँ बसपार्क, कलंकी र सुन्धारा गरी सात ठाउँका काउन्टरबाट टिकट बुक गर्न सकिनेछ । दशैं र तिहारमा करिब २५ लाख मानिस राजधानीबाट बाहिरीने गरेका छन् ।

यत्तीका संख्यामा मानिस बाहिरीने भएपछि सरकारले प्रत्येक वर्ष अग्रिक टिकट खुलाउने गरेको छ । यस वर्षको टिकट बुकिङ सुरु गर्नुभन्दा अघिल्लो दिन सवारीसाधनको प्राविधिक पक्षको चेकजाँच गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार