सत्तारूढ दलका नेता तथा पुर्व मन्त्री युवतिलाइ याै*न दुर्बव्यवहार गरेकाे आराेपमा जेल चलान भएका छन् ।
युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतका एक पूर्वमन्त्री तथा सत्तारूढ दलका नेता पक्राउ परेका छन् । उत्तरप्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भारतीय जनता पार्टीका नेता स्वामी चिन्मयानन्द पक्राउ परेका हुन् । एसआइटी टोलीले चिन्मयानन्दलाई उनको आश्रमबाट पक्राउ गरेको थियो ।
जिल्ला अस्पतालमा उनको स्वास्थ्य परीक्षणपछि एसआइटी टोलीले चिन्मयानन्दलाई मजिस्ट्रेट कोर्टमा पेस गरेको थियो । मजिस्ट्रेट कोर्टले उनलाई १४ दिनका लागि जेल चलान गरेको छ ।
तर, उनकी वकिल पूजा सिंहले चिन्मयानन्दको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइन् । आफूलाई चिन्मयानन्दसँग भेट्नसमेत नदिएको उनले आरोप लगाइन् । ‘म उहाँको वकिल भए पनि भेट्न दिइएको छैन,’ उनले भनिन् ।
चिन्मयानन्दलाई अदालतले न्यायिक हिरासतमा पठाएको उत्तर प्रदेशका प्रहरी महानिर्देशक ओपी सिंहले बताए । पीडितको भिडियोको फोरेन्सिक अनुसन्धानपछि उनीमाथि बलात्कारको मुद्दा दर्ता गरिएको छ । यौनशोषणको आरोप लगाउने युवती स्वामी चिन्मयानन्दकै कलेजमा अध्ययन गर्ने विद्यार्थी हुन् । स्वामी चिन्मयानन्द पीडित युवती अध्ययन गर्ने कलेजका मालिक हुन् ।