logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारमै सकियो पौने २ करोड

अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्र भ्रमण खर्चका लागि राज्यकोषबाट उक्त रकम निकासा


  • राजनीति
  • आइतबार, माघ १४ २०७४

राज्यका विभिन्न निकायले एक महिनामा राज्यकोषबाट भ्रमण र अतिथि सत्कारका लागि मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् । अर्थ मन्त्रालयका अनुसार पुस महिनामा मात्र राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विभिन्न निकायका प्रमुखको भ्रमण खर्चका लागि राज्यकोषबाट उक्त रकम निकासा भएको हो ।

अर्थ मन्त्रालयबाट पुस महिनामा भएको निकासा तथा रकमान्तर विवरणअनुसार भ्रमण तथा स्वागत खर्चका लागि सबैभन्दा बढी रकम निकासा माग्ने निकाय राष्ट्रपति कार्यालय हो । राष्ट्रपतिको नेतृत्वमा २७ मंसिरदेखि युएईमा गएको भ्रमण दलका लागि मात्र ७७ लाख ८२ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयको नाममा निकासा भएको छ । प्रधानमन्त्री र मन्त्रीले पनि एक महिनाको अवधिमा जिल्ला भ्रमण खर्चमा ५० लाख रुपैयाँ सकाएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार