राजनीति
प्रतिबन्धित विप्लव नेकपाका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीलाई पक्राउ गरेको छ । गत भदौ २० मा सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा रहेको सुस्मा गोदावारी कलेजमा बम विष्फोट गरेकोे आराेपमा सुनसरी जिल्ला ईन्चार्ज लक्ष्मण पौडेल र जिल्ला सेक्रेटरी राजेन्द्रसिंह बिस्टलाई पक्राउ गरेको हो
ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी धर्मराज भण्डारी नेतृत्वमा खटिएको प्रहरीको बिशेष टोलीले आज अपरान्ह २ बजे सुनसरीकै ईटहरी उपमहानगरपालिका ५ स्थित पचँरूखीबाट नियन्त्रणमा लिएको थियो। उनिहरु दुबैजना को३९प १५९८ नम्बरको मोटरसाइकलमा सवार थिए ।
प्रहरीका अनुसार पक्राउ परेका पौडेल नेकपाा को सुनसरी जिल्ला ईन्चार्ज तथा मेची कोशी ब्युरो सदस्यको हैसियतमा रहेको र बिस्ट सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोशी ब्युरो सदस्यको हैसियतमा रहेको अनुसन्धानमा खुल्न आएको डिएसपी धर्मराज भण्डारीले बताए। उनिहरुलाई बिस्फोटन तथा संगठित अपराध मुद्दा दर्ता गरी थप अनुसन्धानको लागि म्याद लिन मंगलबार सुनसरी जिल्ला अदालतबाट म्याद लिने प्रहरीको तयारी छ ।