logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरामा घरको तीन तलाबाट खसेर एक युवती घाइते


  • राजनिती न्युज डेस्क
  • सोमबार, असोज ६ २०७६

पोखरा- एक घरको तीन तलाबाट खसेर एक युवती घाइते भएकी छन् ।

म्याग्दी मंगला गाउँपालिका ४ बुगेनी घर भई हाल पोखरा महानगरपालिका २५ हेम्जा स्थित डेरा गरि बस्ने वर्ष २६ की अर्पना रोक्का खसेकी हुन् ।

घरको तीनतला माथिबाट पानी फाल्ने क्रममा अचानक तल खस्दा घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचार फिस्टेल अस्पतालमा भइरहेको छ ।

पोखराबाट कहाँ जान कति भाडा ?हेर्नुस

पोखरा -पृथ्वी राजमार्ग बस सेवा सञ्चालक कम्पनी काठमाडौबाट दसैंका लागि अग्रिम बस टिकट बुकिङ खुलाएको छ ।

पोखरामा पनि अन्यत्र जानका लागि पनि अग्रिम बस टिकट बुकिङ खुलिसकेको पृथ्वी राजमार्ग बस सेवा सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले जानकारी दिए ।

 

कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट पोखरा आउने पर्यटक आजित\

पोखरा– आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे कपडामै झुण्डिएर माग्ने बानी परेकाबाट लेकसाइड डुल्ने पर्यटक आजित बनेका छन् ।

लेकसाइडमा भारतीयमूलका महिला र बालबालिका बढी मात्रामा देखिन्छन् । झुत्रा कपडासहित एक दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि यसले गलत सन्देश जाने ट्रेकिङ इक्विपमेन्ट एशोसिएसन पोखरा ९टेसा०का द्वितीय उपाध्यक्ष एवं पर्यटन व्यवसायी प्रमोद भण्डारीले बताए। उनले भने, “एउटा मुलुकको पर्यटकीयस्थलमा अर्को मुलुकबाट आएका नागरिकको मगन्ते प्रदर्शनले पोखरा घुम्न आएका पर्यटकले आफ्नो मुलुक फर्कंदा कस्तो सन्देश लिएर जालान् ?”

आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ मनाइरहेका सन्दर्भमा सडकभरि देखिने मगन्ते प्रदर्शनप्रति सरोकारवाला निकायको ध्यान नजानु दुःखको कुरा भएको पश्चिमाञ्चल होटल सङ्घका कोषाध्यक्ष पार्वती पाण्डेको भनाइ छ । “बिहान ६ः०० बजेदेखि रातिसम्म पनि पर्यटकलाई माग्नेहरुले सास्ती दिएको देखिन्छ, सरोकारवाला निकायले दीर्घकालीन समस्याको समाधानतिर ध्यान नदिँदा यो सधैँको समस्या बनिरहेको छ”, उनले भनिन्, “धेरै विदेशी पाहुनाले बाटोमा निस्कँदा बित्तिकै माग्नेले कपडा तान्ने गरेको भन्दै गुनासो गर्न आउँछन्, यसले पक्कै राम्रो सन्देश जाँदैन ।”

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष जगत पहारीले स्थानीयवासीबाट यस विषयमा गुनासो आइरहेको बताए। “माग्नेहरुका बारेमा स्थानीयवासीबाट निकै गुनासो आएको छ, यसको व्यवस्थापनका लागि वडा प्रहरी कार्यलयसँग समन्वय गरेर व्यवस्थापन लागि पहल गरेका छौँ ।” अर्को मुलुकको नागरिक भएका र अन्यत्र व्यवस्थापनका लागि ठाउँसमेत नभएकाले यो चुनौतीको विषय बनेको उनको भनाइ छ ।

वडा प्रहरी कार्यालय वैदामका प्रमुख कोमल शाहले प्रहरीले शान्ति सुरक्षाको विषयलाई हेर्ने भएकाले सडकका माग्नेहरुलाई ल्याएर प्रहरी चौकीमा राख्ने ठाउँ नभएको बताए। उनले भने, “यो चुनौतीको विषय छ, प्रहरीले धरपकड गरेर ल्याउने कुरा भएन, उनीहरुका लागि व्यवस्थापन गर्ने छुट्टै ठाउँ पनि छैन ।” सरोकारवाला निकायसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्न प्रहरी तयार रहेको उनको भनाइ छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय महाशाखा प्रमुख कृतन पौडेल मन्त्रालयमा यसबारेमा कहीँकतैबाट जनाकारी नआएको बताए। उनले भने, “पर्यटनमा प्रत्यक्ष असर गर्ने भारतीयमूलका नागरिकबाट भएका यस्ता हर्कतलाई व्यवस्थापन गर्न मन्त्रालय तयार छ, भारतीयमूलका भएकाले राजदूतावासमार्फत जानुपर्ने र प्रक्रिया केही झण्झटिलो हुने भएकाले पनि यसप्रति ध्यान नपुगेको हुनसक्छ, हामी स्थानीय तहसँग समन्वय गरेर व्यवस्थापनका लागि पहल गर्छौँ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार