logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

किन राखियाे ‘हितमान’लाइ ‘सेफ हाउस’मा ?


  • राजनीति
  • मंगलबार, असोज ७ २०७६

विप्लव नेतृत्वको नेकपाका उपत्यका ब्युराे इन्चार्ज तथा पूर्वराज्यमन्त्री नविन विश्वकर्मा ‘हितमान’लाई प्रहरीले पक्राउ गरेको छ । हाल विप्लव नेतृत्वको नेकपाको उपत्यका ब्युरो ईन्चार्ज रहेका विश्वकर्मालाई सोमबार प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

यसअघि माइला लामा उपत्याका ईन्चार्ज थिए । लामाको गिरफ्तारीपछि विश्वकर्माले इन्चार्जको जिम्मेवारी पाएका थिए । विश्वकर्मासँगै विप्लवका अर्का कार्यकर्ता भिम बटाला पनि पक्राउ परेका छन् । उनीहरुलाई हाल टेकु प्रहरी परिसरको सेफ हाउसमा राखिएको प्रहरीको उच्च स्रोतले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार