राजनीति
रौतहट – रौतहटको कटहरिया नगरपालिकास्थित एक व्यक्तिको घरमा दूर्लभ सर्प भेटिएको छ । कटहरिया ५ का हरिन्दर यादवको घरमा यो सर्प फेला परेको हो ।
करिब ४ ५ घन्टा घरभित्रै रहेको यो सर्पको छिर्केफिर्के र टाउको डमरु अकारको देखिन्छ ।
जानकारहरुले यो सर्प कालो कोब्रा अर्थात कालो गोमन भएको बताएका छन् ।
यो सर्पलाई गत असारमा लालबकैया नदीमा आएको बाढीले पहाडतिरबाट बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयवासीको अनुरोधमा सर्पलाई नदी किनारमा लगेर छाडिएको कटहरिया नपाका नासुसमेत रहेका हरिन्दर यादवले जानकारी दिएका छन् ।