क्रोम्छें तमु मञ्च नेपालको पहिलो साधारण सभा सपन्न भएको छ।”
पुर्ख्यौली इतिहास हाम्रो शान, क्रोम्छें तमु परिवार हाम्रो पहिचान” प्रथम वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका प्रमुख अतिथि धनबिर तमुले क्रोम्छेंहरुको एक रुपता ल्याउन भएको पहल प्रति आयोजकलाई धन्यबाद दिएका छन।
बिगत देखी नै देशै भर छरिएर रहेका क्रोम्छें थर भएका दाजुभाईहरुलाई समेट्न गरिएको प्रयास बारम्बार असफल भई रहदा,युवाहरुले गरेको पहलले साथर्कता पाएको भन्दै खुसी व्यक्त गरे।
“बिगतमा दाजुभाईहरुलाई समेट्न पहल गरेम,तर कहिलै सफल भएन हामी भित्र भेग र लवजमा एक रुपता नहुदाँ स्थानै पिछे क्रोम्छें,क्रोम्छै क्रोम्जै क्रोम्जे जस्ता श्व्ब्दहरुको समस्याले एकतामा समस्या लायो। अहिले जुन युवाहरुको पहलमा इतिहास खोजेर जुन हिसावले अघि बढ्दै गएको छ,यसले सफलता पाएको छ।यो अभियान सफल होस” उनले भने । क्रोम्छें तमु मन्चको अभियानको सफलाताको शुभकामना दिदै एकलाख पनि सहयोग गरेका छन।
अध्यक्ष गुप्त बहादुर क्रोम्छें तमुको अध्यक्षतामा सम्मपन कार्यक्रममा आजिवन सदस्य हरु र दानबिरहरुलाई सम्मान पत्रले सम्मान गरेका थिए। मञ्चका महासचिव तोल बहादुर क्रोम्छें तमुले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने मञ्चका कोषाध्यक्ष खकिमाया क्रोम्छें तमुले आर्थिक प्रतिवेदन सुनाएका थिए । यसरी सम्पन्न भएको सो कार्यक्रमलाई मञ्चका सचिव नवीन क्रोम्छें तमुले सञ्चालन गरेका थिए ।