logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एआइजीकाे आकस्मिक सरुवा किन ? काे कहाँ यस्ताे छ रहस्य


  • राजनीति
  • बिहिबार, असोज ९ २०७६

सरकारले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो।

पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्यविभागमा सरुवा गरिएको छ भने, एआइजी ठूले राईको प्रतिष्ठानमा सरुवा भएको छ । एआइजी धीरु बस्न्यातलाई भने मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गर्दै तत्कालका लागि सुरक्षा परिषदमा काज सरुवा गरिएको जनाइएको छ ।

बस्न्यात यसअघिको सरुवामा पनि आर्थिक अनियमितता गरेको आरोपमा सरकारले सोही विभागमा पठाएर काजस्वरुप सुरक्षा परिषदमा तानिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार