राजनीति
अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य उषाकिरण आजाद ले मेडिकल कलेजका माफियाहरुको मेडिकल कलेजका नामको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने बताएकाछन । आजादले देशमा सरकारी बहुप्राविधिक, इन्जिनियरिङ र मेडिकल साईन्स को छुट्टाछुट्टै विश्वविद्यालय स्थापना गर्न सरकारसमक्ष जोडदार माग गरेकाछ्न ।
वर्तमान सरकारलाइ कम्युनिस्टको नभै कमाउनिष्टको भएको भन्दै शिक्षा र स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा सरकारले नै सिन्डिकेट सिस्टम जारिगरेकाले यसलाई तत्काल खारेज गरिनुपर्ने धारणा राखेकाछन । उनले देशमा सरकारी बहुप्राविधिक, इन्जिनियरिङ र मेडिकल साईन्स को छुट्टाछुट्टै विश्वविद्यालय स्थापना गर्न सरकार समक्ष जोडदार माग गरेकाछन । उषाकिरणले सरकारमा वस्ने दल र तिनका नेताहरुनै मेडिकल माफिया भएकाले मेडिकलका मालिकहरुलाई सकारसमक्ष चावी बुझाउन लगाएर सरकार र शिक्षामन्त्रीले नै नौटंकी गरेको आरोप लगाएका छन ।
अखिल(क्रान्तिकारी) ले जनताको स्वास्थलाई ब्यपार बनाउने दलालहरुले पैसा कमाउने ब्यापारिहरु ले विद्यार्थी आन्दोलन र तिनका अमुक नेताहरुलाई खरिद गर्ने गरेकाले केहि विद्यार्थी संगठन र अमुक नेताहरु विक्री भएपनी मुलत आफ्नो संगठन अखिल(क्रान्तिकारी)ले देशको शिक्षा र स्वास्थलाई ब्यपारको माल बन्न नदिने बताए ।
उनले यदि शिक्षा र स्वास्थ को स्वामित्व सरकारले नलिए अखिल(क्रान्तिकारी)ले सडकबाट मुलुकको दुईखाले वर्ग विभाजित शिक्षा र स्वास्थ क्षेत्रलाई राष्ट्रियकरण गर्ने बताए ।
आजादले भने “अब समय आईसकेकाले सरकार ले नगरे युवा विद्यार्थी र सार्वभौम नेपाली जनताले सडकबाट दलाल/माफिया/भ्रष्ट नेता मन्त्री सवैको सम्पुर्ण सम्पत्ती राष्ट्रियकरण गरिन्छ। ” उनले थपे “अर्को मान्छे र अर्को समय को पर्खाईमा बस्न हुदैन सम्पुर्ण युवा विद्यार्थीहरुले आफै पहल लिएर नेतृत्व गर्नुपर्दछ ।”
उषाकिरणले माफियाहरु ब्यापारिहरुलाई भनेपनी सरकारमा वस्ने दल र तिनका नेताहरु नै वास्तविक माफियाहरुहुन भन्नेकुरा सवैका सामु प्रष्ट भैइसकेको तर्क गरेकाछन ।
हालै मात्र चितवन मेडिकल कलेजमा प्रकाश चन्दको नेतृत्वमा भएको चिकित्सा बिद्यार्थीको आन्दोलन अत्यन्तै नमुना र अनुकरणीय भएको भन्दै आन्दोलन बाट बिजयी भएका बिद्यार्थीलाइ बधाइ र सलाम व्यक्त गरेकाछन । अज्ञात स्थान बाट सम्पर्कमा आएका आजादले अखिल (क्रान्तिकारी)ले पैसामा आन्दोलन वेच्ने विद्यार्थी संगठन र नेताहरुको उचित हिसावकिताब गर्ने चेतावनी समेत दिएका छन ।