पोखरा- भूकम्पको उच्च जोखिममा प्रदेश ५ को राजधानी बुटवल रहेको विपद् विज्ञहरुले बताएका छन् ।
करिब पाँच सय वर्षयता नारायणी नदीदेखि पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको यस क्षेत्रमा भूकम्पको जोखिम रहेको विपद् विज्ञ डा। दीपक चौलागाईंले बताउनु भयो ।
काठमाडौपछि बुटवल भुकम्पको उच्च जोखिममा रहेको उनले ले बताए । प्रदेश ५ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बुटवलमा आयोजना गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नीति र रणनीतिक कार्ययोजना तर्जुमा विषय गोष्ठीमा बोल्दै उहाँले भूकम्पलाई ध्यानमा दिएर प्रदेश ५ सरकारलाई विपद् न्यूनीकरणसम्बन्धी कार्ययोजना ल्याउन सुझाव दिनुभएको छ ।
गोरखापत्र दैनिकले खबर छापेको छ ।