logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गण्डकी प्रदेश सरकारले आइतवार सार्वजनिक बिदा दिने


  • राजनीति
  • शुक्रबार, असोज १० २०७६

पोखरा–गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रीपरिषदको बिहीवार बसेको बैठकले असोज १२ गते आइतवार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

संघ सरकारले भने १८ गते फूलपातीदेखि २२ गते एकादशीसम्म सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरेको थियो ।

पछिल्लो समय प्रदेश र स्थानीय सरकारले विभिन्न पर्वमा आफू मातहतका कार्यालयमा बिदाको निर्णय गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार