logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

मेडिकल कलेज सञ्चालकको चेतावनी”शिक्षा मन्त्रीलाई कुर्सीबाट निकालेर फालिदिन्छौं”


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असोज १० २०७६

पोखरा – निजी मेडिकल कलेज सञ्चालकहरूले विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बिहीबार आयोजित साक्षात्कारमा उनीहरुले बढी रकम फिर्ता नगरे ठगी मुद्दा चलाउने सरकारी निर्णयको विरोध गर्दै सरकारलाई नै मेडिकल कलेज चलाउन चुनौती दिएका छन्।

निजी मेडिकल कलेज एसोसिएसनले सरकारले निजी मेडिकल कलेजहरुलाई बन्द गराउने अभिप्रायले कलेजहरुको सिट संख्या, शुल्क निर्धारण, विदेशी विद्यार्थीको भर्ना सम्बन्धी स्पष्ट नीति नभएको भन्दै यस्तो अन्यौलताबीच विद्यार्थी भर्ना नगर्ने चेतावनी दिएको हो। कार्यक्रममा निजी मेडिकल कलेज एशोसिएसन नेपालका महासचिव डा.सुनिल शर्माले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पेलेरै जाने रवैया देखाए कुर्सीबाट निकालेर फालिदिने चेतावनी दिए। ‘शिक्षामन्त्री गिरिराजमणि सरले अहिलेकै रवैया अपनाउनुभयो र पेलेर जान्छु भनेर सोच्नुभयो भने उहाँको कुर्सीबाट निकालेर हामी फालिदिन्छौं । लेखेर राख्नुहोस्’, धम्कीको शैलीमा उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार