logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

लमजुङको गिलुङ गाउँमा गिलुङ पर्यटन महोत्सव हुने


  • आश तमु
  • शुक्रबार, असोज १० २०७६

पोखरा- लमजुङको गिलुङ गाउँमा आउँदो कार्तिक २९ र ३० गते गिलुङ पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ ।

समुद्री सतहबाट १४५० मिटरको उचाइमा पर्ने लमजुङ क्ब्होंलासोथर गाउँपालिका वडा नम्बर ९ मा पर्दछ।

आयोजक मिलन युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले भर्खरै सुरु गरिएको होमस्टे प्रवद्र्धन तथा गाउँलेलाई पर्यटन उद्योगमा लगाउनु महोत्सवको उद्देश्य रहेको बताएका छन। ।गिलुङ गुरुङहरुको परम्परागत नाच ‘घाँटु’ को लागि पनि प्रख्यात छ। महोत्सव सम्पन्न गर्न मिलन युवा क्लवका अध्यक्ष सन्तोषको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

पोखराबाट ४५ किलोमिटरको मोटर यात्रामा गिलुङ पुगिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार