logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पोखरा ल्याउदै गरेको च्याङ्ग्रा चोरी गर्ने दुई युवा प्रकाउ


  • आश तमु
  • शुक्रबार, असोज १० २०७६

पोखरा- कास्की प्रहरीले २ जनालाई दशैको लागी पोखरा ल्याउदै गरेको च्याङ्ग्रा चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।

च्यांग्रा चोरी गर्ने आरोपमा कास्कीको अन्नपूर्ण गाउपालिका -६ ढावामा स्थानीय २४ बर्षीय सागर गुरुङ र बिशाल गुरुङ पक्राउ परेकोजिल्ला प्रहरी कास्कीले जनाएको छ ।

पर्वतबाट पोखराको लागि १ सय ९९ वटा च्यांग्रा हिडाएर ल्याईरहेको अवस्थामा बाटोबाटै २ वटा च्यांग्रा चोरी गरी काटेर पोल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए ।

उनिहरुलाई पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार