logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

श्याम परदेशी पूर्पक्षका लागि जेल चलान


  • राजनीति
  • शनिबार, असोज ११ २०७६

काठमाडौँ- गाउँलेलाई ऋण दिएर उठिबास गराउने श्यामकृष्ण साह भनिने श्याम परदेशी पूर्पक्षका लागि जेल चलान भएका छन् ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले शुक्रबार ठगी मुद्दामा श्याम परदेशीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

ठगी अभियोगमा पक्राउ परेका परदेशीको बयान र थनुछेक बहसपछि अदालतले कारागार चलान गर्ने आदेश दिएको हो ।

उनीसँग २ सय ९९ जना व्यक्तिले १ करोड ९ लाख २१ हजार रुपैयाँ ऋण लिएका थिए । परदेशीसँग ऋण लिने अधिकांश ऋणीहरु उनीबाट निकै नै पीडामा थिए । उनीसँग ऋण लिएका अधिकांश ऋणीले पटक पटक गरी १ करोड ४७ लाख ४ हजार रुपैया भुक्तानी गरिसकेको पीडितहरु बताउँछन् ।

उनीविरुद्ध विपन्नलाई एक पटक ऋण दिएर पटक–पटक ऋण दिएको कागज गराउँदै ठगेको आरोप छ । परदेशीले ऋणको ब्याज बुझाउन जाँदा उल्टै अर्को पटक ऋण दिएको नक्कली कागज बनाएर ठगेको भन्दै पीडितले प्रहरीमा उजुरी गरेका थिए ।

एउटै मान्छेको नाममा ऋण दिइएको कानुनी कागज गर्न नमिल्ने भएकाले परदेशीले आफ्ना परिवारका सदस्यका नाममा समेत कागज गराउँदै आएका थिए ।

उनीविरुद्ध एक दर्जनभन्दा बढीको उजुरी परेको थियो । पीडितहरुले जाहेरी दिएपछि उनी भदौ १५ गते पक्राउ परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार