राजनीति
माओवादीका ३ नम्बर प्रदेश संयोजक झक्कु सुवेदी र काठमाडौं जिल्लाका इन्चार्ज लेखनाथ न्यौपानेले राजीनामा पार्टी केन्द्रीय कार्यालयमा करिब एक महिनाअघि बुझाएका छन् ।नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतामा असर हुने मनासयले बाहिर नआएको यो खबर माओवादीले नै गुपचुप नै राखेका छन् ।
मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ३ नम्बर प्रदेश र काठमाडौंबाट राम्रो नतिजा नआएकाले राजीनामा दिएको बुझिएको छ । ‘सुवेदीले करिब एक महिनाअघि र न्यौपानेले चुनाव लगत्तै राजीनामा बुझाएका हुन् ।
उनीहरुले पार्टीबाट नभई ३ नम्बर प्रदेश संयोजक र काठमाडौं इन्चार्ज पदबाट राजीनामा दिएका हुन् ।