logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राजा ज्ञानेन्द्रले विज्ञप्तिको ड्राफ्ट मात्रै पढेका हुन : नेता नेपाल


  • राजनीति
  • शनिबार, असोज ११ २०७६

सत्तारूढ दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले ०६३ वैशाख ११ मा राजा ज्ञानेन्द्र शाहले जारी गरेको विज्ञप्तिको ड्राफ्ट तत्कालीन एमालेले गरेर दिएको दाबी गरेका छन् । उनले त्यो मस्यौदा लेख्ने काम स्व’र्गीय नेता भरतमोहन अधिकारीले गरेको बताए ।

‘काँग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौं । दरबारको पनि छुट्टै थियो । हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, भरतमोहन अधिकारी स्मृ’ति फाउण्डेशनले शनिबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले भने, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे । बास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अ’न्त्यको जग थियो ।’

उनले पूर्वअर्थमन्त्री समेत रहेका स्व’र्गीय नेता भरतमोहन अधिकारीको व्यक्तित्वबाट सबैले सिक्नुपर्ने समेत बताए ।

नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको राजनेताका रुपमा स्मरण गरे ।

०५१ सालमा एमालेको नौ महिने सरकारका अर्थमन्त्रीका रुपमा अधिकारीले गाउँगाउँमा बजेट पुर्याएको चर्चा गर्दै नेता नेपालले त्यसयताका सबै सरकारले अधिकारीकै सिको गरिरहेको उल्लेख गरे ।

‘भरतमोहनजीमा नयाँनयाँ र कलेक्टिभ काम गर्न सक्ने खुबी थियो’, नेता नेपालले भने, ‘अर्थमन्त्री र लामो समय पार्टीको आर्थिक विभागमा बसेर काम गर्दा कहिल्यै विवादमा आउनु भएन । सुशासनका पक्षमा उहाँ दृढ हुनुहुन्थ्यो ।’

०४७ सालको संविधान मस्यौदा समितिको सदस्य र दुईपटक संविधानसभा सदस्यका रुपमा अधिकारीले संविधान निर्माणमा अतुलनीय योगदान गरेको पनि नेता नेपालले स्मरण गरे । कार्यक्रममा पूर्वमन्त्री राधाकृष्ण मैनाली, स्व’र्गीय अधिकारीका बालसखा समेत रहेका नेता कमल कोइराला, प्राध्यापक कृष्ण पोखरेल, डा. गोविन्दबहादुर थापा र अधिकारी पत्नि सविता अधिकारी लगायतले उनको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए । वक्ताहरुले अधिकारी सरल, तल्लो स्तरका ग्रामीण जनताप्रति माया भाव राख्ने स्वभावका र समन्वयकारी व्यक्तित्वका धनी भएको बताएका थिए  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार