logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

अरिङ्गाल र सिकारी दलालको अन्त्य ‘विप्लव’ ज्वालामुखीले गर्नेछ : नर बहादुर कार्की


  • न्युज डेक्स
  • शनिबार, असोज ११ २०७६

बिश्व चर्चित जीवन प्रशिक्षक  तथा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका युवा नेता नर बहादुर कार्कीले विप्लवकाे शक्ति ज्वालामुखी र भुकम्प जस्तो कम्पायमान गराउने गरी आउदै गरेकोले  कमजोर नआक्न चेतावनी दिएका छन् ।

दुइ चार सय दलाल बाहेक सबै क्रान्तिकारी र राष्ट्रवादी भएको देशमा अनावश्यक  दोहोरी नखेल्न सुझाएकाछन  ।

विप्लव उदयमान शक्ति भएको भन्दै अरिङ्गाल, बाघ सिंह र सिकारीले दोहोरी नखेल्न सुझाव दिएकाछन ।  उनले सामाजिक सन्जाल फेसबुक मा स्टाटस अप्लोड गर्दै केपी ओलीले आफ्नो शक्तिलाइ बाघ र प्रचन्डले सिंह अनि प्रतिपक्षी दल काङ्ग्रेसका युवा नेता गनन थापाले सिकारी भनिरहेका टिप्पणी माथी  तिखाे राजनीतिक प्रहार गरेका छन् ।

कार्कीले जनता भुले सुख सुबिधामा भुल्नेहरुको बिचको घोचपेचको खास अर्थ नरहेको तर्क गरेकाछन । मार्सी, मसिनो, महल, र मस्तिमा सबै कुरा भुल्दा ‘बिप्लव’ नेकपा एउटा ज्वालामुखी र भुकम्प बनेर हुर्किदै गरेको प्रसङ्ग उल्लेख गरेका छन । उनले क्रान्तिको उत्कर्षको बेला सबै अरिङ्गआल, सिकारी, बाघ, सिंह आदीको भागाभाग हुने ठोकुवा समेत गरेका छन ।

उनले लेखेका छन्

साना कुरा गरे ठुला मान्छेले ओलिले सरकार ‘बाघ’ हो भने, प्रचन्डले पार्टी ‘सिंह’ हो भने, काउण्टरमा गगन थापाले काङ्रेस ‘सिकारी’ हो भने । मलाई एक हिसाबले दया लाग्यो । मार्सी, मसिनो, महल, र मस्तिमा सबैले विर्सेछन क्यार- ‘बिप्लव’ एउटा ज्वालामुखी र भुकम्प हो, जो हुर्किदैछ- जब उस्को जवानी आउनेछ- अरिङ्गआल, सिकारी, बाघ, सिंह आदी सबै कखेरामा अङालो हालेर बाच्ने प्रथाना गर्नेछन । यसो भन्दा सबै नआत्तिनु, यि दलालको कुल जनसंख्या ५०० होला । अरु बाँकी सब क्रान्तिकारी र देश भक्त छौ ।

साना कुरा गरे ठुला मान्छेले ओलि सरकार बाघ हाे भने, प्रचण्डले सिह हाे भने काउन्टरमा गगन थापाले कांग्रेस सिकारी हाे भने तर मलाई एक हिसावले दया लाग्याे ‘।

उनि उक्त टिप्पणीप्रति गतिलाे प्रहार गर्दै लेख्छन ‘ मार्सि मसिनो महल मस्तिमा सबै बिर्सेछन क्यार विप्लव एउटा ज्वालामुखी र भुकम्प हाे ‘ ।

विप्लवकाे तागत लाई सुनामिकाे संज्ञा दिदै उनी थप लेख्छन विप्लवकाे ज्वालामुखि तागत ‘जब उसकाे जवानी आउनेछ अरिङगाल सिकारी बाघ सिह आदि सबै कखेरामा अङालाेे हालेर बाच्न प्राथाना गर्ने छाै’ ।

हेर्नुस् स्टाटस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार