logo शनिबार, असोज २४ २०८३ | Saturday 10th October 2026

तमु प्ये ल्हु संघ जिल्ला युवा समिति लमजुङको अध्यक्षमा पुन शेष क्रोम्छें


  • राजनीति
  • सोमबार, असोज १३ २०७६

लमजुङ – तमु प्ये ल्हु संघ जिल्ला युवा समिति लमजुङको अध्यक्षमा पुन शेष क्रोम्छें तमु चयन भएका छन।लमजुङको बेसीशहरमा हिजो असोज १२ गते सम्पन्न ऎतिहासिक प्रथम अधिवेशन बाट शेष क्रोम्छें तमुको अध्यक्षतामा चार विभाग प्रमुख सहितको १७ सदस्यीय समिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा खुमराज लम तमु, सचिवमा आकाश प्हच्यु तमु, सहसचिवमा राजकुमार लेम तमु, कोषाध्यक्षमा संतोष चोर्मी तमु, सहकोषाध्यक्षमा प्रतिमा प्हच्यु तमु, प्रचार प्रसार विभाग प्रमुखमा हेमबहादुर लेम तमु, सुमी म्हिजीलम तमु, सोमबहादुर कुप्छें तमु, यूनिका त्होर्जे तमु साँस्कृतिक विभाग प्रमुखमा भारती घले, सपना त्हार तमु, अबाइता लेम तमु संगठन विभाग प्रमुखमा रमेश लेम तमु, लेखबहादुर क्रोम्छें तमु विदेश विभाग प्रमुखमा कुलचन्द्र प्ल्हें तमु डिलकुमारी कोके तमु, सनम लेम तमु रहेका छन यसैगरी सदस्यहरुमा शान्ती प्हच्यु तमु, नम्रता टु तमु,प्रेमबहादुर लम तमु, संजित लम तमु, रेशम क्होला तमु, विनिता लेम तमु र नन्दकुमारी टु तमु रहेका छन ।

प्रमुख व्यक्तित्व तमु प्ये ल्हु संघ केन्द्रीय समितिका अध्यक्ष हितकाजी टु तमुले असोज ११ गते एक समारोह बीच उद्घाटन गरिएको जिल्ला युवा समिति लमजुङको ऎतिहासिक प्रथम अधिवेशनमा विशिस्ट अतिथिमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर त्होर्जे तमु रहेको थियो ।
तमु जातिको भाषा संस्कार संस्कृति एवं खेगी संरक्षण सम्बर्द्धन गर्न अबदेखि युवाहरूको काँधमा ठूलो जिम्मेवारी आइपरेकोले लमजुङका युवाहरु यतिबेला सक्रियताका साथ लागिपरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार