logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

दरबारमार्ग सामुहिक बलात्कार प्रकरण: डीएसपी र इन्सपेक्टर नै छानबिनमा तानिए


  • राजनीति
  • मंगलबार, माघ १६ २०७४

काठमाडौं । दरबारमार्गको ल्याण्डमार्क होटलमा बिहीबार भएको सामुहिक बलात्कारको घटना सामान्य मिलापत्रमा मिलाइएकाे सार्वजनिक भएको छ । बलात्कृत युवतीको उजुरी लिन अस्वीकार गर्दै मिलापत्र गराइएपछि  नेपाल प्रहरीका अधिकारीहरु नै छानबिनमा तानिएका छन् ।

काठमाडौंको ल्याण्डमार्क होटलमा गत बिहीबार साथीसँगै गएकी एक युवतीलाई ३ जनाले सामुहिक बलात्कार गरेका थिए । बलात्कारलगत्तै युवती उजुरी लिएर महानगरीय प्रहरी वृत्त दरबार मार्ग पुगे पनि प्रहरीले मिलापत्र गराएको थियो । युवतीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीले दबाब दिएर मिल्न लगाएका थिए ।

सामान्य मिलापत्रमा बलात्कारजस्तो जघन्य अपराध मिलाइएको सार्वजनिक भएसँगै महानगरीय प्रहरी परिसरले डीएसपी भारती र इन्सपेक्टर ठकुरीमाथि छानबिन थालेको हो ।

एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित समितिले यसबारे छानबिन थालेकाे  महानगरीय प्रहरी परिसरले जनाएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार