पोखरा- गण्डकी प्रदेश बजार अनुगमन टोलीले आज पोखराका बिभिन्न क्षेत्रमा अनुगमन गरेका छन। बजार अनुगमन टोलीले सोमबार देखी बजार अनुगमन थालेको हो । गण्डकी प्रदेश सरकारले बजार अनुगमन निर्देशीका पास गरे पछि कमिटि बनाएर पोखराका खाद्य पसल तथा उद्योगहरुमा अनुगन गरेको हो ।
अनुगमनका क्रममा पलसमा मुल्य सुचि नराखेको, खाद्य सामग्रीमा लेबलिङ नभएका विक्रिमा राखेको, म्याद गुर्जिएका सामग्रीहरु विक्रिमा राखेको भेटिएका छन् । ति सामग्रीहरु जफत गरेर नस्ट गरेका छन। टोलीले सोमबार पोखरा ८ वटा पसल र एउटा उद्योगमा अनुगमन भएको थियो ।
पोखराका १ सिम्पानीमा रहेको सन्तोष दालमोट उद्योगमा अनुगमनका क्रममा सरसफाई नगरी उद्योग चलाएको पाए पछि १५ दिनका लागि उद्योगबाट उत्पादन गर्न रोक लगाएको छ ।