logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नेकपाका महासचिव विष्णु पौडेलले कसलाई भने “फट्याङ्ग्राहरू”?


  • राजनीति
  • बिहिबार, असोज १६ २०७६

बुटवल- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले फट्याङ्ग्राहरू उफ्रिँदैमा व्यवस्था परिर्वतन नहुने टिप्पणी गरेका छन् ।

नेकपा बुटवल नगर कमिटीले बुटवलमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले फट्याङ्ग्राहरू उफ्रेर गालामा लात्ती हान्ने कोसिस गरेको बताए । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता राजा महाराजाले उपहार दिएर आएको होइन भन्दै उनले भने, ‘फट्याङ्ग्राहरू उफ्रिँदैमा अहिलेको व्यवस्था परिर्वतन सम्भव छैन, यो जनताको संघर्षबाट स्थापना भएको व्यवस्था हो ।’

उनले सरकार पार्टीले निर्वाचनका क्रममा गरेका प्रतिवद्धताहरू पूरा गर्दै अगाडि बढेको दाबी समेत गरे । नेकपा महासचिव पौडेलले भने, ‘हाम्रा घोषणापत्रमा रातो धर्का लगाउनुहोस् । हामी ५ वर्षभित्र सबै वाचा पूरा गरेर छाड्छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार