logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

नेकपाले सभामुख पद नछोड्ने,उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउदै !


  • पत्रपत्रिका
  • शुक्रबार, असोज १७ २०७६

पोखरा- नेकपाले कुनै पनि हालतमा सभामुख पद नछोड्ने भएको छ। नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाएर कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउने तयारी गरेको हो।अन्नपूर्ण पोस्टमा खबर छ ।

पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको भन्दै संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारीले आरोप लगाएका छन। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’

प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए। तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार