logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

चिनियाँ राष्ट्रपति सी २५ गते काठमाडौं आउने निश्चित,एक रात काठमाडौंमै बस्ने


  • आश तमु
  • शुक्रबार, असोज १७ २०७६

पोखर- चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज २५ गते काठमाडौं आउने निश्चित भएको छ।

२३ वर्षपछि चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने लागेका हुन्।राष्ट्रपति सीको यो पहिलो नेपाल भ्रमण हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई स्वागत गर्नेछिन्।

‘सी भारत भ्रमणपछि चेन्नइबाट सिधै काठमाडौंका लागि उड्ने टुंगो लागेको छ’, गृहमन्त्रालय सम्वद्ध स्रोत भन्छ, ‘नेपालको अनुरोधपछि एक रात काठमाडौंमै बस्ने गरी असोज २५ र २६ गते सीले नेपाल भ्रमण गर्नुहुनेछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार