logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

लमजुङ र गोरखाका ४१ तमु विद्यार्थीलाई तमु साँस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति वितरण


  • आश तमु
  • शनिबार, असोज १८ २०७६

पोखरा -“उच्च शिक्षा हाम्रो लक्ष्य”नाराका साथ क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालले लमजुङ र गोरखाका ४१ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ।

ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार तमु विद्यार्थीहरु आर्थिक अभावका कारण बिचैमा पढाई छाड्न नपरोस र उच्च शिक्षा आर्जनका लागि प्रोत्साहित गर्न कक्षा ९, १०, ११ र १२ हरुलाई लमजुङ र गोरखामा नै पुगेर ३ लाख २८ हजार रुपैया छात्रवृत्ति वितरण गरेको हो।

लमजुङ जिल्लाको सुन्दरबजार४, फुलबारीस्थित ग्लोबल भिजन बोर्डिङ स्कुलमा तमु छात्रवृत्ति वितरण गरिएको हो। उक्त कार्यक्रममा लमजुङका विभिन्न विद्यालयमा अध्ययनरत २० जना तमु विद्यार्थीहरुलाई बिभिन्न शीर्षकमा छात्रवृत्ति वितरण गरिएको हो। तमु साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्र बहादुर तमुको अध्यक्षता, ग्लोबल भिजन बोर्डिङ स्कुलका प्रिन्सिपल मेनबहादुर घलेको प्रमुख आतिथ्यता, प्रतिष्ठानका प्रथम उपाध्यक्ष श्रीजङ तमुले स्वागत मन्तव्य सचिव भेष तमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रमका लागि प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष श्रीजंग तमु, सचिव भेष तमु र सदस्य टेकन सिङ तमु लमजुङ पुग्नुभएको थियो।
यसरी नै गोरखा जिल्लाका २१ जना तमु विद्यार्थीहरुलाई प्रतिष्ठानले गोरखा बजारको हरमटारीमा एक कार्यक्रम आयोजना गरी छात्रवृत्ति वितरण गरेको छ।

२०७६ सालका लागि गोरखाका कुमारी तमु,मनिता तमु, निशा तमु, सुष्मा तमु, सितल तमु, आशिका तमु, इच्छा तमु, रेजिना तमु, अश्मिता तमु, एलिसा तमु, करुणा तमु, समिक्षा तमु, इशारा तमु, नविना तमु, सविन तमु, अमिस तमु, आयुष्मा तमु, सुनिता तमु,पवित्रा तमु, विजय तमु र कोपिला तमुलाई जनही आठ आठ हजार रुपैया छात्रवृत्ति वितरण गरिएको हो।
तमु साँस्कृतिक प्रतिष्ठान नेपालकी उपाध्यक्ष हिरा देवी तमुको अध्यक्षता र समाजसेवी मनबहादुर तमुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष र प्रमुख अतिथिले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्नुभएको थियो।

उक्त कार्यक्रमका तमु साँस्कृतिक प्रतिष्ठान नेपालको कार्यालयबाट प्रतिपष्ठानका उपाध्यक्ष हिरादेवी तमुको नेतृत्वमा कोषाध्यक्ष कौशिला तमु, सहकोषाध्यक्ष श्याम तमु, सदस्यहरुमा लक्ष्मी तमु, मनीलाल तमु र लोकबहादुर तमु गोरखा जानुभएको थियो।
तमुहरुलाई उच्च शिक्षाका लागि विशेष प्राथमिकता दिदै आएको प्रतिष्ठानले १७ जिल्लाका ९० जना कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत तमु विध्यार्थीहरुलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।उक्त छात्रवृत्ति प्रतिष्ठानका विभिन्न छात्रवृत्तिदाताहरुले अक्षयकोष स्थापना गरिदिनु भएको छ भने उक्त अक्षयकोषको व्याजबाट वार्षिक रुपमा जिल्ला जिल्लामा पुगेर प्रतिष्ठानले तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार