logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कृष्ण बहादुर मह’रा गिरफ्तार गरेर कहा कसरी राखिएको छ


  • राजनीति
  • आइतबार, असोज १९ २०७६

सत्तारुढ दल नेकपका प्रभावशाली नेता तथा निवर्तमान सभामुख कृष्णबहादुर म’हरा अन्ततः पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो । मह’रालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ । कालो रंगको स्कर्पीयो गाडीमा म’हरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

तर म’हरा सभामुखको सरकारी निवासबाट निस्कदा भने बा ८ च ८०० नम्बरको रातो रङको गाडीमा निस्किएका थिए ।

यता म’हरालाई पक्राउका लागि प्रहरीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई लिखित जानकारी गराएको थियो । संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई जब’रजस्ती क’रणी गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर म’हरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला अदालत काठमाडौंबाट नियन्त्रणको आदेश जारी भएलगत्तै सभामुखको सरकारी निवासबाटै महरालाई नियन्त्रणमा लिएको हो ।

जबरजस्ती क’रणीको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार निवर्तमान सभामुख कृष्णबहादुर म’हराविरूद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् । उजुरीमा उनले आफूलाई महराले जबरजस्ती क’रणीको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिं’सा गरेको भन्दै उनले नयाँ बानेश्वर प्रहरी वृत्तमा दिएको उजुरीमा उल्लेख गरेकी थिइन् ।

असोज १२ गते आइतबार म’हरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यो रातको घटनाको भोलिपल्ट शा’हीले मिडियालाई म’हराले आफूलाई जबरज’स्ती क’रणी र हातपात गरेको बताएकी थिइन् । भोलिपल्ट उनको अनुहार र जिउमा चोटपटक देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार