logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सी-देउवा भेट पनि एक्लाएक्लै करिब ४५ मिनेट वार्ता तय


  • राजनीति
  • शनिबार, असोज २५ २०७६

सी आफ्नो पहिलो दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार अपरान्ह काठमाडौं उत्रँदैछन्। काठमाडौं उत्रेपछि विमानस्थलबाट सी होटल सोल्टी जाने र त्यहाँ केही समय आराम गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास जाने कार्यक्रम छ।

साढे ६ बजेबाट राष्ट्रपति भण्डारी र सीबीच करिब ४५ मिनेट वार्ता तय भएको छ।

होटल फर्केपछि सवा ७ बजे सीले नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्ने तय भएको उनको सचिवालयले जनाएको छ।

कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार सीसँग भेट्न सभापति देउवा एक्लै जाने निश्चित भएको छ।

सी-देउवा भेटवार्तापछि राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको सम्मानमा साढे ७ बजे सोल्टी होटलमै रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

आइतबार बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेपछि सवा ११ बजेदेखि सीले नेतृत्व गर्ने चिनियाँ प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलबीच दुई पक्षीय औपचारिक वार्ता हुनेछ।

संभवतः औपचारिक वार्ताअघि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच एक्लाएक्लै भेटवार्ता हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार