logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

ठुलो दुर्घटना हुनबाट जोगियो उडेको सीता एयरको विमान, पंखामा चरा ठोक्किएपछि


  • राजनीति
  • शनिबार, असोज २५ २०७६

रामेछाप – उडेको सीता एयरको टुइनअट्टर विमानको पंखामा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ । शनिबार बिहान सदरमुकाम मन्थलीबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको बिमानमा १३ जना विदेशी पर्यटक यात्रु र तीन जना चालक दलका सदस्यसहित उडेको सीता एअरको ९ एन–आई–ई विमानको पंखामा चरा पसेपछि उडेको जहाज त्यही हवाइ मैदानमा आकस्मिक अवतरण गराइएको हो । जहाजमा रहेका सबै यात्रुहरु सकुशल रहेका छन् ।

जहाजको पंखामा चरा पसेपछि जहाजको आवाज फरक आएको चालक दलका सदस्यहरुले थाहा पाएपछि जहाज आकस्मिक अवतरण गराइएको नागरिक उड्डयन कार्यालयका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार