राजनीति
पोखरा — चिनियाँ समकक्षी राष्ट्रपति सी चिनफिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छन् । भारतको चेन्नाइबाट आज दिउँसो करिव १ बजेर ५० मिनेटमा उडेका सी त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिएका थिए ।
दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ५ बजेर १२ मिनेटमा स्वागत गरेकी हुन्। राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट पदाधिकारीहरुले सीलाई विमानस्थलमै स्वागत गरेका थिए।
सी विमानस्थलबाट सोल्टी होटल जाने छन्।