logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रपति ‘सी’ ले भ्रमणको बेला चढेको ‘गाडी’ यस्तो छ


  • राजनीति
  • आइतबार, असोज २६ २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आइपुगेका छन्। राष्ट्रपति सी भारत हुँदै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ ४ बजेर ५५ मिनेटमा अवतरण गरेका हुन्।

दुई दिने भ्रमणमा आएका राष्ट्रपति सीको विमानस्थलमा भव्य स्वागत गरिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। यतिबेला उनले प्रयोग गर्ने गाडीबारे सबैको चासो छ। विश्वकै शक्तिशाली व्यक्ति तथा चिनियाँ राष्ट्रपति सीले कस्तो गाडी चढ्छन् भन्ने सबैमा चासो हुनु स्वाभाविक हो। 

विश्वका अन्य देशका प्रधानमन्त्री तथा राष्ट्रपतिहरुले अन्य देशमा उत्पादन भएका गाडी बढी मात्रामा प्रयोग गर्ने गरेका छन्।

तर, चिनियाँ राष्ट्रपति सीले भने चीनमा नै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी प्रयोग गर्ने गरेका छन्। चिनियाँ राष्ट्रपति सीले चढ्ने गाडीलाई कुनै पनि बम तथा गोली आक्रमणबाट सुरक्षित राख्दछ।

सीले प्रयोग गर्ने गाडी चीनको सबैभन्दा महँगो गाडी हो। उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ। गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता छ। 

उनले उक्त ब्रान्डको ‘एचक्यूई’ मोडलको प्रयोग गर्ने गरेका छन्। राष्ट्रपति सीले चढ्ने नयाँ भर्सन फेरि चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ। 

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार नयाँ आउन लागेका गाडीमा रोयल्स रोयसको ह्वील रहेको छ। उक्त गाडी विश्वकै महँगो गाडी हो। गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ। गाडीको लम्बाई ६३९५ एमएम, २००४ एमएम चौडाई र १७२० एमएम उचाइ रहेको छ। 

हङकङ, रेड चीनको प्रतीक हुँदा, क्रिसलर, अडी, लिंकन र टोयोटासहित विदेशी ब्रान्डको मिश्रणमा उक्त लक्जरी गाडी तयार गरिएको हो। गोली तथा बम आक्रमणमा समेत गाडी सुरक्षित रहन्छ। 

गाडीमा भी–१२ ६.० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ। गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो। हाल उक्त गाडी १७ थानमात्रै रहेका छन्। चीनले सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार