राजनीति
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू छिट्टै चीन भ्रमणमा जाने बताएका छन्।
दसैं, तिहार र छठका अवसरमा कांग्रेसले आइतबार आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै देउवाले आफूलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्रमणको निम्तो दिएको बताए।
‘उहाँले निम्तो दिनु भएको छ। म छिट्टै चीन जान्छु,’ उनले भने।
सभापति देउवा र राष्ट्रपति सीबीच शनिबार साँझ एक्लाएक्लै भेटवार्ता भएको थियो।
भेटका क्रममा सीले नेपालमा कुन पार्टी शक्तिमा छ भन्ने कुराले दुई देशबीचको सम्बन्धमा खासै अर्थ नराख्ने बताएका थिए।