logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

स्काभेटरले किचेर एकको मृ*त्यु


  • राजनीति
  • सोमबार, असोज २७ २०७६

पोखरा- स्काभेटरले किचेर डडेल्धुरा आलिताल गाउँपालिका–४ जालटुडामा एकजनाको मृ*त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले स्काभेटरको ठक्करबाट मृ*त्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जनाएको छ ।

आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नम्बरको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृ*त्यु भएको हो । घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन ।
स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ । स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी ले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार