logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अरिङ्गाल खाँदा १० जना बिरामी


  • राजनीति
  • सोमबार, असोज २७ २०७६

पोखरा- रुकुमपूर्व उत्तरगङ्गा गाउँपालिका–१२ कोलमा अरिङ्गाल खाँदा १० जना बिरामी परेका छन् ।

बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मीना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

शनिबार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए । अहिले उनिहरुको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुमपूर्वका अहेव मदन खड्काले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार