राजनीति
पोखरा- धनुषामा जहाज समयमा नआएपछि आक्रोशित एकजना सां*सदले जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तो*डफो*ड गरेका छन्।
बिहान ११ बजेर ४० मिनेटमा आउनुपर्ने बुद्ध एयरको जहाज दिउँसो १ बजेसम्म पनि नआएपछि आक्रो*शित सां*सद प्रमोदकुमार साहले काउन्टरमा ला*त्ती बर्साएका प्रत्यक्षदर्शीले बताएका छन्।सन्तोश यादवले थाहा खबरमा लेखेका छन्।
सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिनिधि सभामा निर्वाचित सां*सद साहले जहाज समयमा नआएपछि आफुले आक्रो*शमा आएर तो*डफो*ड गर्न पुगेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी शेखर खनालले बुद्धको काउन्टर तो*डफो*डपछि सांसद साहले गल्ती स्वीकार्दै माफी मागेको बताए।
‘उहाँले तत्कालै आफुबाट आक्रोशमा गल्ती भएको स्वीकार्नुभयो’, एसपी खनालले भने, ‘गल्ती स्वीकार्दै विमास्थलमै कार्यरत सुरक्षाकर्मीसँग माफी मागिसकेकाले यसबारे थप कुरा भएन।’