राजनीति
सत्तारुढ नेकपाका नेता तथा निवर्तमान सभामुख कृष्णबहादुर म’हरालाई थप तीन दिन हि’रासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हि’रासतमा रहेका मह’रालाई थप तीन दिन हिरा’सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
महरा गत असोज १९ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि ब’लात्का’रको प्रयास गरेको अभियोगमा पक्राउ गरेका थिए ।
अदालत खुलेसँगै मह’रालाई प्रहरीले मंगलबार बिहान मह’रालाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
शाहीले आफूमाथि ब’लात्का’र प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते प’क्राउ गरेको थियो ।
त्यसयता प्रहरी हि’रासतमा रहेका उनलाई अदालत खुलेसँगै मंगलबार उपस्थित गराइएको हो ।
मह’राले असोज १२ गते रोशनीमाथि ब’ला’त्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । सो खुलासापछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।