logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

गोपालको नागरिक्ता खोज्दै गोबिन्द केसी

काठमाडौ प्रशासनमा निवेदन


  • राजनीति
  • बुधबार, माघ १७ २०७४

पटक पटक अनशन बसेर चर्चा कमाएका  त्रि वि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका छन् ।

डा. केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी लगायतले बुधबार निवेदन दिएका हुन् । उनीहरुले पराजुलीको नाममा फरक फरक समयमा जारी भएको नागरिकताको प्रतिलिपी, उमेर फरक हुनुको कारण र त्यसबेलाको मिसिल फाइल सिफारिस र शैक्षिक प्रमाणपत्र उपलब्ध गराउन माग गरेका छन् ।

केसीविरुद्ध परेको अदालतको मानहानी मुद्दामा सर्वोच्चले पराजुलीको नागरिकताको प्रतिलिपीका साथै शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार