logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

शीतलनिवासबाट हेलिकप्टर चढेर राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगे


  • राजनीति
  • बुधबार, असोज २९ २०७६

पोखरा- म्यानमार जाने क्रममा शीतलनिवासबाट हेलिकप्टर चढेर राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेकी छन् ।

यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी बुधबार बिहान हेलिकप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।

सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन ।

म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन् ।

म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार