logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

बेगनास ताल किनारमा एक अपरिचित पुरुषको शव फेला


  • आश तमु
  • बिहिबार, असोज ३० २०७६

पोखरा- पोखरा ३१ बेगनास ताल किनारमा एक अपरिचित पुरुषको शव फेला परेको छ ।

बेगनास ताल डयामसाइड किनारमा एक अपरिचित व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।

हालसम्म नाम,थर,वतन नखुलेको अन्दाजी ६०६१ वर्षको पुरुष मृत अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त शव अहिले पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार