पोखरा- डेबिजफल क्लब पोखरा छोरेपाटनको आयोजनामा हुने छोरेपाटन साँझमा नेपाली रक ब्याण्ड 1974 AD ले तताउने भएको छ। भोली कार्तिक २ गते शनिबार पोखरा छोरेपाटनमा कन्सर्ट हुँदैछ ।टुर्बोगको प्रस्तुतीमा कन्सर्ट गर्दै 1974 AD कन्सर्टमा आफ्ना नयाँ तथा पुराना गीत सुनाउदै व्याण्डले माहोल गर्माउनेछ ।1974 AD अहिले देश दौडाहमा हिडिरहेको छ ।
पुराना सदस्यहरु ‘रियुनाइटेड’ भएकोले 1974 AD समुह यतिबेला चर्चामा समेत रहेको छ । एड्रियन प्रधान, सञ्जय श्रेष्ठ, फिरोज स्याङदेन, निराकार याक्यथुम्बा र मनोजकुमार केसी पुनः एकजुट हुदै 1974 AD व्याण्ड मार्फत अगाडी बढीरहेका छन् ।
कन्सर्ट दिउँसो ३ बजेबाट फुटबल ग्राउण्ड तिब्बेतियन क्याम्प छोरेपाटन पोखरामा हुनेछ । कन्र्सट हेर्न तीन सय रुपैयाँको टिकट काट्नुपर्ने हुन्छ ।
एम्बुलेन्स खरिद तथा डेभिजफल फुटबल एकेडेमीको सहयोगार्थ उक्त कार्यक्रमको आयोजना गरिएको संयोजक कुमार गुरुङले बताए ।