राजनीति
एकताको प्रक्रियामा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टी र मोहन बैद्यको पार्टी नेकपा क्रान्तिकारी माओबादी गोरखाले जिल्लाका कार्यक्रम संयुक्त रूपमा अघि बढाउने निर्णय भएको छ ।
दुई पार्टीले फागुन १ मा जनयुद्ध दिवस संयुक्त रूपमा मनाउने निर्णय गरेको जनाइएको छ।
गोरखा ,ताक्लुङको सिँजाली माविमा सम्पन्न भएको नेपाल कम्युनिष्ट पार्टी माओवादीको जिल्ला बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा तीन महिने जनजागरण अभियान कार्यक्रम तीब्रताका साथ संचालन गर्ने निर्णय भएको जिल्ला नेता दिपक बोहराले जानकारी दिए ।