logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

गस्ती गरिरहेका सुरक्षाकर्मीलाई मोटरसाइकलले ठक्कर दिए


  • राजनिती न्युज डेस्क
  • सोमबार, कार्तिक ४ २०७६

पोखरा- नवलपरासी मध्यबिन्दु नगरपालिका ७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा दुई सशस्त्र प्रहरी र मोटरसाइकल चालक छन् । दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका हुन् ।

घाइते मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ । गएराति १२ बजे गस्तीमा खटिएका सुरक्षाकर्मीलाई ठक्कर दिएर ग७प ५२९९ नम्बरको मोटरसाइकल पल्टिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार